नेप्सेमा आज पनि गिरावट, दुई अर्ब ३३ करोडको कारोबार


 


काठमाडौं, साउन २२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से आज ३.२१ अंकले घटेर दुई हजार ४८ दशमलब २६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ३३ करोड ७५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्य ९.७४ प्रतिशतले बढेर प्रतिकित्ता ५८६ रुपैयाँ पुगेको छ भने नेपाल रिपब्लिक कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०२।९० रुपैयाँ पुगेको छ ।

आज छ्याङ्दि हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४५ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ४३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्