सीआईबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरू, एसपी थापा अनुसन्धान अधिकृत


 


काठमाडौं, साउन २२ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरू गरेको छ ।

यो प्रकरण अनुसन्धानका लागि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

उक्त प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबारै सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्