चार जना मृत फेला, दुईजनाकाे पहिचान खुल्न बाँकी


 


काठमाडौं, साउन २२ । देशका विभिन्न ठाउँमा सोमबार चार जना मृत फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रुपन्देही, तनहुँ, कालिकोट र उदयपुरमा गरेर चार जना मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा एक जना मृत फेला परेका छन् । गैडहवा गाउँपालिका–२ बस्ने ५० वर्षीय शंकराते थारु तिलोत्तमा नगरपालिका–६ स्थित पानीको कुलोमा सोमबार मृत फेला परेका हुन् ।

तनहुँको भिमाद नगरपालिका–७ सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कालिकोट, खाडाचक्र नगरपालिका-२ सुनार खोला बस्ने ८१ वर्षीया लाईशोभा जैसी सोही ठाउँस्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै उदयपुरको कटारी नगरपालिका–१ चौफालघाटस्थित कमला खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्