व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालतको आदेश


 


काठमाडौं, साउन २२ । उच्च अदालत पाटनले काठमाडौंका ब्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध व्यवसायीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको छ । त्यस्तै ३० साउनमा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

तर ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्