भीरमा अड्किएको अवस्थामा वृद्धाको शव फेला


 


सुर्खेत, साउन २२ । कालिकोटमा भीरमा अड्किएको अवस्थामा एक वृद्धाको शव भेटिएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका –२ का ८१ वर्षीय लाईशोभा जैशीको शव नैनामाण्डु कालमोडको भीरमा अड्किएको अवस्थामा फेला परेको हो ।

सोमबार दिउँसो जैशीको शव गोरेटो बाटोदेखि करिव दुई सय मिटर तल भीरमा अड्कीएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जैशी भीरमा लडेर अड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी आफनी माइली छोरी र ज्वाइँसँगै बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्