नेपाल महिला संघमा विवाद, समानान्तर समिति बनाउन चेतावनी


 


काठमाडौं, साउन २२ । कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा विवाद देखिएको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकटबीच टकराबको स्थिति सिर्जना भएको हो ।

कोइराला पक्षले अध्यक्ष उषा राउत मिश्रले कार्यशैली सुधार नगरे केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

कोइराला पक्षनिकट महिला संघका केन्द्रीय सदस्यहरूले गत साउन १८ गते सभापति देउवालाई भेटेर संघमा विधानविपरीत काम भइरहेकोमा रोक्न ध्यानाकर्षणसमेत गरेको थियो ।

अध्यक्षले स्पष्टीकरणको मौका समेत नदिई १२ जिल्ला अध्यक्ष हटाएको उनीहरुको आरोप छ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्