सुनको मूल्य आज पनि घट्यो


 


काठमाडौं, साउन २३ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्