अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो


 


काठमाडौं, साउन २३ । आज (मंगलबार) अमेरिकी डलरसंगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको भाउ अघिल्लो दिनको तुलनामा १५ पैसाले खघटेको छ । आज डलर खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा थियो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६१ पैसा पाइन्छ।

सोमबार युरो एकको खरिददर १६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा तोकिएको थियो।

यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०२ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा २७ पैसा घटेको हो।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०७ पैसा पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४३ पैसा पाइन्छ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्