लठ्ठी प्रहार गरी छोराले गरे आमाको हत्या


 


दाङ, साउन २३ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलबार बिहान ४ बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्