नेविसंघको तदर्थ समितिमा संस्थापनइतरको असन्तुष्टि


 


काठमाडौं, साउन २३ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको छ ।

हिजो (सोमबार) बाइएको ७१० जना सदस्य रहेको तदर्थ समिति प्रति संस्थापन इतरले असन्तुष्टि जनाएको हो । ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई संस्थापनपक्षले लत्याएर ७१० बनाएको संस्थापनइतर पक्षको आरोप छ ।

५५१ जनामा ४० प्रतिशत हिस्सेदारी हुने गरि शेखर–गगन पक्षले नाम बुझाएको थियो । संख्या थपेर ७१० पुर्‍याउँदा समेत आफ्नो पक्षबाट दिएका कतिपय नाम हटाइएको संस्थापनइतरकी विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

उनका अनुसार संस्थापनइतर पक्षले दिएका १५ जना जतिको नामहरु काटिएको छ । तदर्थ समितिमा पर्ने गरि चर्चा पाएर पनि नाम काटिएकाहरुमा पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहरा लगायत छन् ।

नेता कृष्णप्रसाद सिटौला पक्षले पठाएका कतिपय नाम काटिएको सिटौला निकट एक विद्यार्थी नेताले जानकारी दिए । तदर्थ समितिमा विदेशमा बस्नेलाई समेत राखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्