रोल्पा बस दुर्घटना (अपडेट) : चार ४ जनाको मृत्यु


 


रोल्पा, साउन २३ । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

सूचना अधिकारी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए । बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

बस सडकदेखि एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्