सशस्त्रका १९ सय २७ जना सहायक हवल्दार बढुवा, (सूचीसहित)


 


काठमाडौं, साउन २३ । सशस्त्र प्रहरीले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको सोमबारको निर्णयानुसार सशस्त्र प्रहरी सहायक हवल्दारहरुलाई सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

बढुवा सिफारिसकाे सूची

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्