तेस्रो दिन पनि घट्यो नेप्से, कति भयो कारोबार ?


 


काठमाडौं, साउन २३ । कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।

आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अंकले घटेर २८ दशमलव ४० अंकमा रोकियो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अंकले घटेको थियो ।

विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अंकले घटेको छ ।

बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत् समूह ३८ दशमलव ५२ अंकले घटेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन ७३ दशमलव ६१, लघुवित्त ६० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ७७ दशमलव ३५ र अन्य समूह २६ दशमलव ७९ अंकले घटेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०र८१ को शेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई रुपैयाँ बराबरको दुई लाख ९९ हजार पाँच सय ९७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्