चिप्लिएर खोलामा कसेका किशोरको बगेर मृत्यु


 


जनकपुरधाम, साउन २३ । धनुषामा बसही खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको मिथिला नगरपालिका–२ आनन्दपुरका १७ वर्षीय अजय यादवको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीयबासिन्दा र सुरक्षाकर्मीले सिकिस्त अवस्थामा उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा लगेको भए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

किशोरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्