योगेश भट्टराईकाे प्रस्ताव- छानविन समिति चाहिने वा नचाहिनेबारे भोटिङ गरौं


 


काठमाडौं, साउन २३ । नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने वा नबनाउने बारेको विवादमा संसदमा भोटिङ गर्न प्रस्ताव गरेका छन् ।

आज (मंगलबार)को प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् । सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको प्रष्ट पार्दै उनले छानविन समिति बनाउने पक्षमा धेरै सांसद एकमत रहेको दाबी गरे ।

उनले समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने बताए । भट्टराईले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानविन समिति बनाउनु आवश्यक भएको बताए ।

नेता भट्टराईले छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उनले स्पष्ट पारे ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्