बाढीमा बगेर श्रीमान र श्रीमती बेपत्ता


 


जनकपुरधाम, साउन २३ । धनुषाको कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् ।

बाढीले बगाउँदा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे उनीहरुलाई नदीले बगाएको हो ।

कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुबैजनालाई बाढीले बगाएको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्