पछिल्लो २४ घण्टामा कहाँ पर्‍यो सबैभन्दा धेरै पानी ?


 


काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानीमा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चिसापानीमा ४२४.२ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो २४ घण्टामा देशभर मापन गरिएका २५२ वटा वर्षा मापनकेन्द्रमध्ये २३१ वटामा वर्षा भएको विभागले जनाएको छ ।

सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा उक्त वर्षा मापन गरिएको हो ।

वर्षा मापन गरिएका केन्द्रहरुमध्ये आठवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र १५ वटा केन्द्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्