सुनको मूल्य आज पनि घट्यो


 


काठमाडौं, साउन २४ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्