छाउगोठमा सर्पको टोकाइबाट किशोरीको मृत्यु


 


बैतडी, साउन २४ । बैतडीमा छाउपडी गोठमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताइन् ।

गोठमा सुतेकी अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो । अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत थिइन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्