भारतमा बसको ठक्करबाट नेपाली युवकको मृत्यु


 


बैतडी, साउन २४ । रोजगारीको सिलसिलामा भारत गएका एक नेपाली युवकको बसको ठक्करबाट मृत्यु भएको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो । उनी एक वर्षअघि रोजगारीका लागि राजस्थान पुगेका थिए ।

काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको उनका आफन्तले बताएका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुष्करको घरमा श्रीमती, एक छोरी, आमा–बुवा र भाइ छन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्