राति माछा मार्न गएका किशोर पहिरोमा पुरिए, दुई जना जोगिए


 


दोलखा, साउन २४ । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

पहिरोमा परेर जिल्लाको बिगु गाउँपालिका–२, ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

तामाकोसी नदीमा माछा मार्न जाने क्रममा पहिरोमा पुरिएर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

उनी मंगलबार राति माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गर्दा बाटोमा पहिरोमा पुरिएका थिए । उनीसँगै गएका अरू तीनजनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

केही दिनअघि गौरीशंकर गाउँपालिका–७ मा पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको थियो । पहिरोमा परेर दुईजना अझै बेपत्ता छन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्