ब्याज अनुदानको रकम निकासा गर्न राष्ट्रबैंकको आग्रह


 


काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको निकासा दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारको विश्वसनियतामा प्रश्न उठेको भन्दै राष्ट्रबैंकले तत्काल निकासा गर्न मन्त्रालयसँग आग्रह गरेको हो ।

सरकारले विभिन्न खाले ऋणको ब्याजमा सहुलियत दिंदै आएको छ । तर, सरकारले गत कात्तिदेखि त्यस्तो अनुदान वापतको ब्याजको रकमको भुक्तानी दिएको छ । उक्त रकम ९ अर्ब रुपैयाँमाथि पुगेको छ ।

सरकारले कृषि, युवा स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्केका, महिला उद्यमी, दलित समुदायलगायत विभिन्न दश प्रकारका ऋणको ब्याजमा सहुलियत दिँदै आएको छ ।

सरकारले भने लक्ष्य अनुसार राजश्व संकलन नभएको भन्दै ब्याज अनुदानको भुक्तानी रोकेको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्