उपराष्ट्रपति यादव अर्को साता चीन जाने


 


काठमाडौं, साउन २४ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो ।

उपराष्ट्रपति यादव ३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसनमा सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्