पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ


 


पोखरा, साउन २५ । पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् ।

वडा प्रहरी कार्यालय बैदामले झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्