यस वर्ष मनसुनमा ४१ जनाको मृत्यु, ५० जिल्ला प्रभावित


 


काठमाडौं, साउन २५ । यस वर्ष मनसुनजन्य विपद्बाट आजसम्म ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् ।

गृहमन्त्रालयका अनुसार बाढी पहिरोलगायत मनसुनजन्य विपद्मामा परेर मानिसहरुले ज्यान जुमाउनुपरेको हो । नेपालमा गएको जेठ ३१ गतेदेखि मनसुन भित्रिएको थियो ।

विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए ।

उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्