होटलमा लगेर किशोरीमाथि बलात्कार, एक युवक पक्राउ


 


बाँके, साउन २५ । बाँकेमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्