सांसद सुनिल शर्मा पक्राउ


 


काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् ।

काठमाडौंको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

शर्मा गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्