इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान


 


इलाम, वैशाख १५ । इलाम–२ मा जारी उपनिर्वाचनमा नक्कली मतदान केन्द्र भेटिएको छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको हो ।

मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । त्यहाँबाट कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

क्याम्पसकै होस्टेलमा बसोबास गर्ने चार जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो ।

प्रहरीका अनुसार मतदान केन्द्रमा दुई घण्टासम्म नक्कली सो कार्य सञ्चालन गरेको पाइएको छ । यो कार्य कसले अनुमति दियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्