कैलालीमा बाढीमा बगेर एक जनाको मृत्यु


 


धनगढी, साउन २५ । कैलालीमा बाढीका कारण एक जनाको मृत्यु भएको छ।

अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको हो।

बुधबार खुटिया खोलामा दाउरा निकाल्ने क्रममा बगेर बेपत्ता भएका बिहीबार शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्