बुंगल नगरपालिकाका कर्मचारी मृत फेला


 


बझाङ, साउन २५ । बझाङको बुंगल नगरपालिकामा कार्यालय सहयोगी मृत फेला परेका छन् ।

बुङ्गल नगरपालिका–३ विर्पैयाँका ४० वर्षीय धनबहादुर बोहरा बेपत्ता भएको ६ दिनपछि विहीबार मृत फेला परेका हुन्।

उनको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको प्रहरीले जनाएको छ । मृतक बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक फेला परेको थियो।

चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्