सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा


 


काठमाडौं, साउन २७ । सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।

प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान हिजो (शुक्रबार) नै रिहा भएका हुन् ।

शुक्रबार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।

अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरेको प्रहरी प्रवक्ता कडायले बताए ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्