इलाममा आजै मतगणना सुरु गर्ने तयारी


 


इलाम, वैशाख १५ । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारी गरिएको छ ।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर सदरमुकाम इलाम बजारमा ल्याएपछि मतगणना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

यदि मतपेटिकाको ढुवानीमा ढिलो भएमा आइतबार मतगणना गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्