केही नेताहरुको बयान नलिने निर्णयमा गम्भीर आपत्ति छ : गगन थापा


 


काठमाडौं, भदौ ३ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठनबन्धन दलले ललिता निवास जग्गा प्रकरणमा केही नेताहरूको बयान नलिने निर्णय गरेकोमा त्यसमा आफ्नो गम्भीर आपत्ति रहेको जनाएका छन्।

आइतबार झापाको शिवसताक्षी नगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि बयान लिने तयारी भइरहँदा बयान नलिने विषयमा गठबन्धन दलका बैठकमा छलफल भएको सुनिएको बताए।

सर्वोच्च अदालतले मन्त्रिपरिषदका नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने तयारी भइरहेको थियो।

गठबन्धनका नेताहरूले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गर्न बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय गरेको कुरा सुनेको भन्दै उनले भने, ‘गठबन्धनका नेताहरू बसेर यो विषयमा छलफल वा निर्णय लिन पाउनुहुन्न ।’ उनले गठबन्धन बैठक पनि लाइभ गर्नुपर्ने माग राखे ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्