चन्द्रमामा रुसी अन्तरिक्ष यान दुर्घटना


 


काठमाडौं, भदौ ३ । रुसको अन्तरिक्ष यान लुना–२५ चन्द्रमामा दुर्घटनामा परेको छ ।

चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको रुसी अधिकारीहरुले बताएका छन् । अन्तरिक्ष यानमा मानिस थिएनन् ।

यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच प्रतिस्पर्धा छ । भारतले पठाएको चन्द्रयान–३ आउँदो बुधबार चन्द्रमामा अवतरण गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्