दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


 


काठमाडौं, भदौ ३ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ बिन्दुमा पुगेको छ।

नेप्से परिसूचकसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँमा सीमित भएको छ।

यस दिन २६९ वटा धितोपत्रको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो। आइतबार फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक ४.५७ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य एक हजार २४६ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, आरएसडिसी लघुवित्तको सेयरमूल्य ४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५६७ रुपैयाँ १० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा १०.३५५ एग्रिकल्चर बैंक डिबेञ्चर २०८३ रहेको छ। उक्त डिबेञ्चरको मूल्य ९.०२ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार २९ रुपैयाँ ६० पैसामा सीमित भएको छ।

यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ९।०२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २९७ रुपैयाँ ५० पैसामा झरेको छ। आइतबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५८० रुपैयाँमा ६ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९७० रुपैयाँमा ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्