काठमाडौं महानगरले गर्‍यो २ सहकारी खारेज


 


काठमाडौं, भदौ ४ । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ ।

महानगरले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ मा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो ।

महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय अनुसार ती सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्