कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने


 


विराटनगर, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

गठबन्धन दलले मुख्यमन्त्रीले आजै विश्वासको मत लिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार काठमाडौं गएपछि उनले सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएकी छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्