सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन


 


काठमाडौं, भदौ ४ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

आज (सोमबार) संघीय संसदको संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । त्यसअघि श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको थियो । अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्