सल्यानमा यात्रुबाहक गाडी दुर्घटना


 


काठमाडौं, भदौ ४ । सल्यानको कपुरकोटमा यात्रुबाहक गाडी दुर्घटना भएको छ ।

रुकुमको नुवाकोटबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रुबाहक गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख, डिएसपी दामोदर केसीले सोमबार अपराह्न ३ बजेतिर सल्यानको कपुरकोट क्षेत्रमा गाडी दुर्घटनामा परेको बताए।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दा पुगेका छन्। घाइतेको उद्धार जारी रहेको उनले बताए। घाइते १२ जनालाई कपुरकोट हुँदै दाङको तुलसीपुर ल्याइँदै छ भने अन्य दुई जना सामान्य घाइते छन्।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्