कोशीमा सत्ता पक्षले धाँधली गरेको प्रतिपक्षको आरोप


 


काठमाडौं, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बेला धाँधली गरेको प्रतिपक्ष दलले आरोप लगाएको छ ।

विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ ।

बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएर आफू विश्वासको मत दिन गएका थिए । त्यसपछि संसदमा प्रतिपक्ष दल एमालेका सांसदहरु नाराबाजीमा उत्रिए ।

नाराबाजीका बीच फेरि सभाको अध्यक्षता गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे । त्यसरी थापाको क्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत परेको घोषणा गरियो ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिन लाग्दा आज एमालेका केही सांसद र राप्रका सांसदहरु अनुपस्थित भएका थिए ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्