मध्यरातमा एकै परिवारका तीन जनामाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार


 


बझाङ, भदौ ५ । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका तीन जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने तीन सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् ।

गए राति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

कलम बिक काठमाडौँमा छन् । उनी नभएको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।

घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्