चिनियाँ नाकाबन्दीकाे कारण हाटबजार नलागेपछि निरास बने मुगाली


 


मुगु । विगत चार बर्ष देखि नगागेको चिनियाँ हाट बजार यस बर्ष लाग्छकि भनेर समय कुरेर बसेका मुगाली लामा जातिहरु यसपाली पनि हाट बजार नलागे पछि निरास बनेका छन् ।मुगुको उत्तरी सिमानाका नाक्चे लाग्ना भन्दा केही पर तिब्वतको ह्याँजिमारमा बिगत ४ बर्ष देखि हाट बजार नलागे पछि बिशेष गरि मुगुम् कार्मारोङ् गाउँपालिका भित्रका लामा समुदायका मानिसहरु दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न नपाएपछि निरास बनेका हुन् ।

बर्षौ देखि चिनियाँ सामाग्रीहरुको उपभोग गर्दै आएका लामा समुदायका स्थानियहरु लत्ता कपडा, भाँडाकुडा, सोलार , टर्च लाईट, लगायत चामल, नुन, घिउ, तेल, छुर्पी, मैदा, पेय प्रर्दाथ लगायत उपभोग्य सबै सामाग्रीहरु चिनियाँ हाट बजार बाट सस्तो र सुलभ रुपबाट खरिद गर्दै आएका थिए ।

चार बर्ष यता लामाजातिहरु गमगढी बाट सामान ढुवानी गर्दा खरिद र ढुवानीको मुल्य महँगो पर्ने भएकोले महँगीको मार खेप्दै आएका छन् । हरेक बर्षको साउन महिनामा पन्ध्र दिन नेपाली सिमा नाक्चे लाग्ना भन्दा केही पर तिब्वतको ह्याजिमारमा ब्यारिक मेला लाग्ने गरेको् थियो ।

मेला वा हाट बजार लाग्नु भन्दा एक महिना अगाडि नै चिनिया पक्षले नेपाली पक्ष लाई हाट लाग्ने खवर गर्ने गरेकोमा हाल सम्म कुनै किसिमको खवर पनि आएन त्यहिभए र हाट नलाग्ने पक्का भएको हो । मह गाउँका कार्मा लामाले भने । उहाँका अनुसार हामीलाई घिउ नभएर चिया खान समेत बाधा पुगेको छ ।

सदिउँ देखि चिनको तिब्वत सँग दोहोरो ब्यापार ब्यबसाय गर्दै आएका लामा जातिहरु बिगत ४ बर्ष अघि देखि कोरोना महामारी र सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी सिमा नाका बन्द गरेपछि दुर्गम क्षेत्रमा बसोबास गर्ने लामा जातिका मानिसहरु महँगीको मार खेप्नु परेको हो । सिमानाका मा बर्षमा एक चोटि साउन महिनामा हाट बजार लाग्ने गरेकोमा बिगत ४ बर्षदेखि हाटबजार नलागेपछि समग्र करान क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ ।

बर्षौ देखि उन र नुनको सम्बन्धमा ब्यपार ब्यबसाय गर्दै आएका मुगालीहरु हाल २,३ दिन बाटो हिँडेर मुगुको गमगढी बजार बाट सामान खरिद गर्दा महँगीको मार खेप्नु परेको मुगुम् कार्मारोङ् गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताउनु भयो । उहाँले भन्नु भयो “ चिन सँगको लामो सम्बन्धले नेपाल र चिन दुवै पक्षको सुमधुर सम्बन्ध भएको धेरै लामो इतिहाँस छ ।

कोरोनाको महामारी नियनत्रण भएको धेरै समय भैसक्यो अव चिनियाँ पक्षले छिटो सिमा नाका खुल्ला गर्दा दुबै पक्षलाई फाईदा पुग्ने थियो ” बर्षाको समयमा बाटोमा पहिरो आई अवरोधका कारण गमगढी बाट चामल लगायतका दैनिक उपभोग्य बस्तु घोडा भेडा र झोवा बाट ढुवानी गर्न समेत नसकिने अवस्था भएकोले पनि करान क्षेत्रमा भोकमरी बढ्ने संभावना रहेको अध्यक्ष लामाको थप भनाई थियो ।

यार्चागुम्वा ,जडिबुटी लगायत अन्य ब्यापारिक सामान, चिनियाँ ब्यापारी लाई बेच्न सहज हुने र चिनिया पक्ष बाट राम्रो मुल्य पाईने भएकाले हाट बजार नलाग्दा धेरै असहज भएको मुगुम कार्मारोङ् गाउँपालिका मुगु गाउँ निवासी छोर्देन लामाले बताए। उनले भने तिब्वतको ह्याँजिमारमा लाग्ने हाट बजार बाट सामान धेरै सस्तो हुने भएकाले उक्त हाटबजार मुगालिका लागि धेरै महत्व रहेको छ ।

आफूलाई बर्ष भरिलाई चाहिने दैनिक उपगोग्य बस्तुहरु नुन, चामल, दाल, घिउ, मैदा, आटो, लगाउने लत्ता कपडा, चिया, छुर्पी, ब्लाङ्केट लगायतका सामाग्रीहरु घोडा, खच्चड चौरी गाई का साथै खसी बाट सामान ढुवानी गर्दै आएका थिए । उक्त हाट बजारबाट केवल करानका बासिन्दाका अलावा तल्लो भेगका खसान समुदाएका मानिसहरु पनि उक्त चिनियाँ हाट बजार बाट लाभाम्वित हुँदै आएका थिए । यातायातको भरपर्दो बिकास नभएको मुगु जिल्ला त्यस मध्ये पनि करान भेगमा अहिले सम्म गाडी पुगेको छैन ।

गमगढी बाट सामान ढुवानी गर्दा लामो दुरी पर्ने र चिन बाट भोटे बस्तीलाई नजिकै र सस्तोमा सामान खरिद गर्न पाईने हुनाले उक्त हाट बजारको महत्व रहेको माग्री गाउँपालिका मह गाउँका लाप्का लामाको भनाई छ । मुगुम कार्मारोङ् गाउँपालिकामा हाल १ हजार ४ सय धरधुरीका ९ हजार जनसंख्या बसोबास गर्दै आएको मुगुम्कार्मारोङ् गाउँपालिकाले बताएको छ ।

बिकासका बिभिन्न पुर्वाधार बाट नेपालकै पछि पारिएको हिमाली जिल्ला मुगु लगायत कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्लाका बासिन्दाहरु चिनको भोट क्षेत्र बाट पुर्खौ देखि भोट बाट नुन र राडिपाखिका लागि उनका साथै भेडा च्याङ्ग्रा ल्याउने र यताबाट कोदो, चामल, काउनी, चिनो दाउरा यार्सागुम्वा लगायत बिभिन्न जडिबुटी, चुलिका भुजा र काठ दाउरा लिने र दोहोरो ब्यापार गर्दै आएको अवस्था थियो तर हाल आएर चिन सँगको ब्यारी समबन्ध साँगुरिदै गएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्