आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


 


काठमाडौं, भदाैं १०
नेपाल राष्ट्र बैंकले आइतबार रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्न लागेको छ ।

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्