‘सुन’ भन्दा पहिले नागरिकताको ‘तस्करी’


 


काभ्रे, भदाैं ११
सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिहरूको साथमा नेपाली नागरिता फेला पर्ने क्रम रोकिएको छैन ।

२०८० भाद्र १० गते आइतबार साँझसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको छ ।

दावाले सुनभन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ । काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरूमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ रहेका छन् ।

उनले २०७८ असोज १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट राहदानी लिएका हुन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्