अमेरिकाले भन्यो– एमसिसीको व्याख्यात्मक घोषणासँग सहमत छौं


 


काठमाडौं, भदौ १३ । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा प्रतिनिधि सभाले पारित गरेको व्याख्यात्मक घोषणासँग सहमत रहेको बताएको छ।

एमसिसी कार्यान्वयनमा जाने बेलामा प्रतिनिधि सभाले २०७८ फागुनमा पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे भने शीर्ष नेताहरूले आशंका व्यक्त गरिरहेका बेला अमेरिकी दूतावासले व्याख्यात्मक घोषणामा सहमत रहेको बताएको हो।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको संविधान एमसिसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्नेलगायत कम्प्याक्टका सर्तहरूसम्बन्धमा उक्त व्याख्यात्मक घोषणासंग सहमती भएको जनाएको हो ।

मंगलबार बुटवलमा भएको समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्याख्यात्मक घोषणा एमसिसीको अंग हो कि होइन भन्नेबारे आफूले सोध्ने बताएका थिए।

बुधबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्राको संज्ञा दिएका छन्।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्