सर्वोच्चलाई कोशी सरकारले भन्यो– विश्वासको मत संविधानसम्मत छ


 


काठमाडौं, भदौ १३ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। उनले जवाफमा प्रदेश सभाबाट लिएको विश्वासको मत संविधानसम्मत रहेको दाबी गरेका छन् ।

प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालका अनुसार सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएको तर्क पेश गर्दै उक्त धारा अनुसार बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने बताएको हो।

भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए। उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं गएपछि सत्ता पक्षकै सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए। उनले मुख्यमन्त्रीलाई मतदान पनि गरेपछि एमाले नेता हिक्मत कार्की अदालत गएका थिए। मुद्दाको भदौ १५ बाट पूर्ण सुनुवाइ हुनेछ ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्