डिएसपी ठगबहादुरले घुस लिएको पुष्टि, अख्तियार, विशेष अदालतमा मुद्दा दर्ता


 


काठमाडौं, भदौ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार केसीले बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन फिर्ता गर्नको लागि रकम माग गरेको पाइएको छ ।

सोबारे छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्ररप्रतिवेदनरउजुरीका सम्वन्धमा अनुसन्धान हुँदा केसीले गत मंसिर २५ गते बुटवल उपमहानगरपालिका वडा नं। ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिएका थिए ।

उक्त सुन आफूले लगेर १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस लिएका थिए । उनले आठ लाख पचास हजार रुपैयाँ नगद र नौ लाख पचास हजार रुपैयाँको चेकसमेत गरी जम्मा अठार लाख रुपैयाँ घुस लिएर सुन फिर्ता दिएका थिए ।

उनले भ्रष्टाचार जन्य कसुर गरेकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीसंग अठार लाख रुपैयाँ बिगो समेत माग गरिएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्