सुन तस्करी प्रकरण : चिनियाँ नागरिक याओ पुचेङ्गसंग पनि नेपाली नागरिकता


 


काठमाडौं, भदौ १५ । ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकसंग पनि नेपाली नागरिकता फेला परेको छ ।

चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको हो । एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो ।

एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । त्यसबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । यससंगै एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ ।

तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको छ ।

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल नेतृत्वको छानबिन समितिले दावाको नागरिकता छानबिन गरेर रिपोर्ट बुझाएको छ । गृह मन्त्रालयले दावाको नागरिकता खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्