बहराइन नेपालसँग ३१ रनमा अल आउट, ६ खेलाडी शून्यमा आउट


 


काठमाडौं, भदौ १५ । बहराइनले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ३२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५।४ ओभरमा ३१ रनमा अल आउट भयो ।

बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ६ खेलाडी शून्यमा आउट भए ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । खुशी डंगोलले १।४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ दुई विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।

पुजा महतोले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् । नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्