प्रधानमन्त्री प्रचण्ड न्युयोर्क जाँदै, त्यहाँबाट सिधै चीन जाने


 


काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेबाट सुरु हुनेछ । उनी सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्